एमआरआरका हेटौडाका सदस्यहरु भेला भएर हामीले हेटौडा अस्पतालमा भएको अव्यवस्थाका बारेमा हेटौडा उपमहानगरपालिकाका मेयर र हेटौंडा अस्पताल ब्यबस्थापन प्रमुखलाई ज्ञापन पत्र बुझायौँ । त्यसबाट निम्न बमोजिमका प्रतिबद्धता प्राप्त भएको छ :
१. अस्पतालका कर्मचारीहरुको व्यवहार बिरामीमैत्री बनाउनका लागि यहि हप्ता तालिम वा छलफल गरिने ।
२. इमरजेन्सीमा भएको ट्वाइलेटको दुरावस्था : ४५ दिन भित्र भत्काउने भवन भत्काइने भनिए पछि सोही ठाउँमा लगानी गर्दा लगानी खेर जाने भएकाले लगानी नगरिएको तर लामो समयसम्म चलिराखेकोले त्यो अवस्था भएको पाइयो । त्यसलाई आज र भोलिमा नै पानी नजम्ने र प्रयोग गर्न सकिने गरि मर्मत गरिने ।
३. बिमामा निशुल्क पाइने औषधि : हाम्रो उपस्थितिमा नै सञ्चालकलाई फोन गरेर आज ३ बजे भित्र नै अपुग औषधिको विवरण पेश गर्न निर्देशन र सकेसम्म चाँडो नै बिमाका औषधि नपाएर खाली हात फर्किनु पर्ने अवस्थाको अन्त्य गरिने ।
४. अस्पताल पुग्ने बाटो : सो बाटो प्रदेश अन्तर्गत सरकारबाट चैत्रभित्रमा निर्माण सम्पन्न भइसक्ने र कारणवश हुन नसकेमा आउँदा असार भित्र भइसक्ने ।
प्रतिवद्धतासँगै युवाहरुले स्थानिय समस्याहरुमा ध्यान दिएर तिनको निवारणका लागि पहलकदमी लिएकोमा मेयर र हेटौंडा अस्पताल ब्यबस्थापन प्रमुखबाट धन्यवाद पाएका छौँ । साथै, ति बिषयहरुमा युवाहरुले पनि फलोअप गर्दै खबरदारी गरिदिन अनुरोध पनि गरेका छन् ।
Pic: Bipul Bastola [MRR]
No comments:
Post a Comment